Market Closed

समताको ३१.५८% लाभांस, मंसिर १६ मा एजीएम बुक क्लोज कहिले ?

07 Nov,2017
  • Samata-microfinance-bittaya-sanstha-Lt_11_7_2017_12_05_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर १६ गते हुने भएको छ । सभामा समताले २०% बोनस सेयर दिने बिशेष प्रस्ताव पेस गर्ने भएको छ । त्यस्तै, कम्पनीले ११.५८% नगद लाभांस वितरण गर्ने प्रस्ताव पनि लैजाने छ । यसआधारमा समताले ६३ लाख २० हजार रुपैयाँ बोनस सेयर र ३६ लाख ५८ हजार ९४७ रुपैयाँ नगद लाभांसका लागि खर्च गर्नेछ । त्यस्तै, २०% बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५०% हकप्रद निष्कासन गर्ने अर्को प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ । बोनसपछि समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ पुग्नेछ । साधारण सभा होटल इच्छा प्रालि, सिमरामा अपरान्ह १२.३० बजे सुरु हुनेछ । समता माइक्रोफाइनान्सले अधिकृत पुँजी ५ करोडबाट बढाएर २० करोड र चुक्ता पुँजी ३ करोड १६ लाखबाट ५ करोड ६८ लाख ८० हजार पुर्याउने अर्को प्रस्ताव पनि पेस गर्दैछ ।

कम्पनीको आर्थिक वर्ष २०७३÷७४ को वासलात, नाफा नोक्सान सम्बन्धमा पनि सभामा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि समताले मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर १५ गतेसम्म मात्र कायम सेयरधनीले बोनस र नगद लाभांस पाउनेछन् । यसअघि कायम सेयरधनी भने स्वतः लाभांसको हकदार हुनेछन् । हाल कम्पनीको चुक्ता पुँजी ३ करोड १६ लाख रुपैयाँ छ । मंगलबार मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट सार्वजनीक गरेको समताले २२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समताको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६४ पैसा छ (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ९७ पैसा छ । 
 
 
 
 
 
 

Post Your Comment