Market Closed

समता माइक्रोफाइनान्स नाफा ६६.९५% ले घट्यो, प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३५ पैसा

05 Feb,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_9_2_5_2018_1_00_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निराशाजनक रिपोर्ट सार्वजनिक गरेको छ । यस संस्थाको खुद नाफा ६६.९५% ले घटेर ४० लाख ४७ हजार रुपैयाँमा सीमित भएको हो । गत वर्ष समताले १ करोड २२ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी भने ०.८९% ले मात्र बढेर १ करोड ७३ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष समताले १ करोड ७१ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा पनि ७७.४२% ले घटेर २६ लाख ७९ हजार रुपैयाँमा ओर्लिएकोे छ । गत वर्ष समताको सञ्चालन नाफा १ करोड १८ लाख ६८ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ रहेको समताको रिजर्भ कोषमा भने १ करोड ४२ लाख ७९ हजार रुपैयाँ छ । समताको मंसिर १६ गते सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट २०% बोनस सेयर ११.५८% नगद लाभांस वितरण गर्ने प्रस्ताव पास गरिसकेको छ । बोनसपछि मात्र समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ पुगेको हो । त्यस्तै, कम्पनीले २०% बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५०% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ । प्रोभिजनमा ४२ लाख ७२ हजार रुपैयाँ राखेको यस कम्पनीले पुस मसान्त सम्ममा १३ लाख ६८ हजार रुपैयाँ राइट ब्याक गरेको छ । समताको खराब कर्जा बढेर १.३२% पुगेको छ । गत वर्ष खराब कर्जा ०.६६% रहेको थियो । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३५ पैसा रहेको समताको प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ६६ पैसा छ । 
 

Post Your Comment