Market Closed

समता माइक्रोफाइनान्सले ५०% हकप्रद ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

06 Apr,2018
  • Samata-microfinance-bittaya_4_6_2018_12_53_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । समताले २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ करोड ८९ लाख ६० हजार रुपैयाँको हकप्रद ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहनेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख ३० हजार रुपैयाँ छ । यही पुँजीको ५०% हकप्रद निष्कासन गर्न लागिएको हो ।

समताले पुस १९ देखि २२ गतेसम्म ९४ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यस कम्पनीले ४० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३५ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ६६ पैसा छ ।
 

Post Your Comment