Market Closed

समताले पनि ल्याउने भयो ५०% हकप्रद, धितोपत्र बोर्डबाट पायो अनुमति

01 Jun,2018
  • Samata-microfinance-bittaya_6_1_2018_5_37_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । समताले २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहनेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख ३० हजार रुपैयाँ छ ।

कम्पनीले यही पुँजीबाट ५०% हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । समताले यसअघि पुस १९ देखि २२ गतेसम्म ९४ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । 
 

Post Your Comment