Market Closed

समता माइक्रोफाइनान्सको ५०% हकप्रदमा कहिले हुने भयो बुक क्लोज ?

17 Jun,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_6_17_2018_1_25_00.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्सले ५०% हकप्रद बिक्री गर्न असार १२ गते बुक क्लोज गर्ने भएको छ । अब असार ११ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् । कम्पनीले २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ ।
 
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहनेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख ३० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment