Market Closed

समता माइक्रोफाइनान्सले पनि असार २७ देखि ५०% हकप्रद बेच्दै

24 Jun,2018
  • Samata-microfinance-bittaya-_6_24_2018_12_16_24.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाले असार २७ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता सेयर बेच्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । असार ११ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र बिराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
 
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ५६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ १० पैसा छ । 
 
 

Post Your Comment