Market Closed

समता माइक्रोफाइनान्सको ५०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, असार २७ देखि खुल्दै

25 Jun,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_6_25_2018_10_41_22.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्सको ५०% हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले हकप्रद निष्कासनका लागि मंगलबार (असार १२ गते) बुक क्लोज गर्दैछ । सोमबारसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् । कम्पनीले असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद साउन २९ गतेसम्म भर्न सकिनेछ ।
 
यसमा बिक्री प्रबन्धक एनआइबीएल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
 
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख ३० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ५६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ १० पैसा छ ।

Post Your Comment