Market Closed

समता माइक्रोफाइनान्सको ५०% हकप्रदपछि कति रुपैयाँमा भयो मूल्य समायोजन ?

26 Jun,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_6_26_2018_11_06_04.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्सको ५०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि कम्पनीको सेयर भाउ प्रतिकित्ता १ हजार ४०१.३३ रुपैयाँ कायम भएको छ । मंगलबार यो माइक्रोफाइनान्सको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ८४५.१७ रुपैयाँ छ ।
 
समताले असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । यसका लागि कम्पनीले मंगलबार बुक क्लोज गरेको हो । यो हकप्रद साउन २९ गतेसम्म भर्न सकिनेछ ।
 
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख ३० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ५६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ १० पैसा छ ।

 

Post Your Comment