Market Closed

समता माइक्रोफाइनान्सको ५०% हकप्रद बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

11 Jul,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_7_11_2018_10_17_55.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाले बुधबार (असार २७ गते) देखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । असार ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
 
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
 
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस कम्पनीले ५६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ भने १४१ रुपैयाँ १० पैसा छ । 

Post Your Comment