Market Closed

समता माइक्रोफाइनान्सको ५०% हकप्रद भर्न ५ दिन मात्र समय, अब कति पुग्नेछ चुक्ता पुँजी ?

09 Aug,2018
  • Samata-microfinance-bittaya-sanst_8_9_2018_12_45_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्न अब ५ दिन मात्र समय बाँकी रहेको छ । समताको हकप्रद साउन २९ गतेसम्म मात्र खुला रहनेछ । यस माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरिरहेको छ । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद  असार ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
 
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
 
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ७३ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ५९ पैसा छ ।

समता माइक्रोफाइनान्सको ५०% हकप्रद भर्न ५ दिन मात्र समय, अब कति पुग्नेछ चुक्ता पुँजी ?




 

Post Your Comment