Market Closed

समता माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम म्याद, अब कति पुग्छ चुक्ता पुँजी ?

14 Aug,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_8_14_2018_11_33_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयरको बिक्री मंगलबार (साउन २९ गते) बन्द हुँदैछ । मंगलबारको कार्यालय समयसम्मभित्र यो हकप्रदमा आवेदन दिइसक्नुपर्छ । यस माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
 
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ७३ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको समताको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५९ पैसा छ ।

Post Your Comment