Market Closed

समता माइक्रोफाइनान्सले दिने भयो २१.०५% लाभांश, बोनस र नगद कति–कति ?

10 Sep,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_8_14_2018_11_33_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको कमाईबाट २१.०५% लाभांश दिने भएको छ । कम्पनीको आइतबाार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट १०% बोनस र ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष समताले २०% बोनस सेयर र ११.५८% गरी कुल ३१.५८% लाभांश वितरण गरेको थियो ।

यस आधारमा समताको लाभांश अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ । सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । 
 
गत आर्थिक वर्षको चौथो त्रैमासमा समताले ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ५९ पैसा छ । 

Post Your Comment