Market Closed

समताको १६ हजार ५६८ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, कति छ बजार भाउ ?

30 Sep,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_8_14_2018_11_33_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्सको १६ हजार ५६८ कित्ता सेयर लिलामी भर्ने आइतबार (असोज १४ गते) अन्तिम दिन हो । कम्पनीले असोज ४ गतेदेखि संस्थापक समूहको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूहतर्फ १२ हजार ६६८ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
 
समताको नेप्सेमा बिहीबारको क्लोजिङ भाउ प्रतिकित्ता १३ सय ३ रुपैयाँ रहेको छ । कम्पनीले यसअघि असार २७ देखि साउन २९ गतेसम्म १ लाख ८९ हजार ६०० कित्ता (५०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ५ हजार ९६७ जनाबाट १ लाख ७३ हजार ३२ कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी रहेको १६ हजार ५६८ कित्ता सेयर अहिले लिलामीमा ल्याएको हो । 
 
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
 
समता माइक्रोफाइनान्सले गत वर्षको कमाईबाट १०% बोनस र ११.०५% नगद लाभांश दिने घोषणा पनि गरेको छ । बोनसपछि चुक्ता पुँजी अझै बढ्नेछ । समताले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७३ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५९ पैसा छ ।

Post Your Comment