Market Closed

समताले लिलामी सेयर नपर्नेलाई फिर्ता गर्न थाल्यो पैसा, सेयरधनीलाई २१.०५% लाभांश पनि

10 Oct,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_8_14_2018_11_33_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्सले बुधबार (असोज २४ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । कम्पनीले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामै रकम फिर्ता थालेको हो । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाको इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाउन सुरु गरिएको कम्पनीले जनाएको छ ।

आवेदन फारममा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नगरेका सेयरधनीलाई भने चेकद्वारा रकम फिर्ता दिइने छ । समताले असोज ४ देखि १४ गतेसम्म संस्थापक समूहको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूहतर्फ १२ हजार ६६८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुगेको छ ।  
 
समताले गत वर्षको कमाईबाट १०% बोनस र ११.०५% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७३ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५९ पैसा छ । 
 

Post Your Comment