Market Closed

समता माइक्रोफाइनान्सको खुद नाफामा ४४.६५% वृद्धि, कति पुग्यो प्रतिसेयर आम्दानी ?

30 Oct,2018
  • Samata-microfinance-bittaya-sanstha-Ltd_8_14_2018_11_33_38.jpg
नेपाली पैसा
 
काठमाडौं : समता माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यही अवधिमा भन्दा ४४.६५% धेरै खुद नाफा कमाएको हो । गत वर्षको पहिलो त्रैमासमा भने खुद नाफा १४ लाख ४० हजार रुपैयाँ मात्र रहेको थियो । समताले खुद ब्याज आम्दानी ३९.६७% ले वृद्धि गरी १ करोड १७ लाख ३ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, पहिलो त्रैमासमा सञ्चालन नाफा २८ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ ।
 
यता, निक्षेप संकलन १५ करोड ८७ लाख ९ हजार रुपैयाँबाट बढाएर ३० करोड ७२ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ । समताले कर्जा लगानी पनि विस्तार गरेको छ । गत वर्ष ४२ करोड ६५ लाख ३३ हजार रुपैयाँ रहेको कर्जा लगानी यसपालि ८२ करोड ७४ लाख २३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा पनि ०.७०% बाट घटाएर ०.४१% पुगेको छ । यसको कस्ट अफ फन्ड भने ९.९५% बाट बढेर १०.६२% पुगेको छ ।
 
समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । कम्पनीले गत असार २७ देखि साउन २९ गतेसम्म बिक्री गरेको ५०% हकप्रद भने पहिलो त्रैमासमा पुँजीकृत गरेको छैन । यो हकप्रदपछि पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । यसैगरी, हालै मात्र यो लघुवित्तले १०% बोनस सेयर र ११.०५% नगद लाभांश दिने घोषणा गरेको छ । बोनसपछि पुँजी अझै बढ्नेछ ।
 
यता, रिजर्भ कोषको आकार भने गत वर्ष भन्दा केही कम भएको छ । गत वर्ष रिजर्भ कोषमा ३ करोड १९ लाख ७ हजार रुपैयाँ रहेकामा अहिले २ करोड ३८ लाख ९४ हजार रुपैयाँ मात्र रहेको छ । समताको प्रतिसेयर आम्दानी (वार्षिक) २१ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा छ ।

 

Post Your Comment