Market Closed

सपोर्ट माइक्रोफाइनान्सको आइपीओ बुधबार बाँडफाँट हुँदै

07 Nov,2017
  • IPO_11_7_2017_5_06_02.jpg
नेपाली पैसा
 
काठमाडौं : सपोर्ट माइक्रोफाइनान्सको आइपीओ बुधबार बिहान ९ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । आइपीओ एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा बाँडफँट हुनेछ । सपोर्टले असोज १८ देखि २३ गतेसम्म १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको हो । यो आइपीओमा माग भन्दा १३४ गुणा बढी आवेदन परेको छ । यसमा २ लाख ३६ हजार ९३२ जना लगानीकर्ताको २ अर्ब २४ करोड २५ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले निष्कासन गरेको १ लाख ८० हजार कित्ता आइपीओमध्ये कर्मचारीलाई ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई ९ हजार कित्ता सेयर छुट्याइएको छ । बाँकी रहेको १ लाख ६७ हजार ४०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको हो । यसमा १० कित्ताको दरले सेयर दिँदा १६ हजार ७४० जनाले मात्र सेयर पाउने हुँदा बाँकी २ लाख २० हजार १९२ जना आवेदकको हात खाली हुने भएको छ । यसआधारमा, जम्मा ७% आवेदकले मात्र सेयर पाउने देखिन्छ ।

Post Your Comment