Market Closed

सपोर्टको आइपीओ बाँडफाँट, १६ हजार ७४० जना आवेदकले पाए १० कित्ता सेयर

08 Nov,2017
  • support_11_8_2017_10_14_55.jpg
नेपाली पैसा
 
काठमाडौं : सपोर्ट माइक्रोफाइनान्सको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत १६ हजार ७४० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । कुल २ लाख ३५ हजार २४८ जनाको आवेदन स्वीकृत भएकोमा १६ हजार ७४० जनाले मात्र सेयर पाएका हन् । बाँकी आवेदकको हात खाली भएको छ । २ हजार ३९६ जनाको आवेदन रद्द भएको छ । सपोर्टले असोज १८ देखि २३ गतेसम्म १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये कर्मचारीलाई ३ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई ९ हजार कित्ता सेयर दिइएको छ । बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरिएको हो ।

 

Post Your Comment