Market Closed

सपोर्ट माइक्रोफाइनान्सको सेयर कारोबार सुरु, कति पायो ओपन रेन्ज ?

15 Feb,2018
  • trading_2_15_2018_10_43_52.jpg
नेपाली पैसा
 
काठमाडौं : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । पहिलो कारोबारका लागि नेप्सेले १०२ देखि ३०७ रुपैयाँ ओपन रेन्ज दिएको छ । सपोर्टले सेयर कारोबारका लागि ‘एसएमबी’ संकेत पाएको छ । यो माइक्रोफाइनान्सले गत असोज १८ देखि २३ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको ६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७९ पैसा छ ।
 
 
 
 
 
 
 

Post Your Comment