समिट माइक्रोफाइनान्सको १००% हकप्रद भर्ने आज अन्तिम दिन

18 Oct,2017
  • Summit-microfinance-development-bank-Ltd_10_18_2017_10_11_21.jpg
नेपाली पैसा
 
काठमाडौं : समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयर भर्ने म्याद बुधबार (कात्तिक १ गते) सकिंदैछ । लगानीकर्ताले बुधबार कार्यालय समयभित्र समिटको हकप्रद  भरिसक्नुपर्नेछ । कम्पनीले भदौ २९ गतेदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौं र समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बिर्तामोड ७, झापा तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सानिमा बैंकका धनगढी, नेपालगंज, पोखरा, भैरहवा, नारायणगढ, वीरगंज र जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । कम्पनीले यो पुँजीको ३४.४८% बोनस सेयर र १०.५२% नगद लाभांश दिने घोषणा पनि गरेको छ । हकप्रद र बोनसपछि भने यसको चुक्ता पुँजी १६ करोड ९९ लाख ९८ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा माइक्रोफाइनान्सले ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समिटको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ३९ पैसा छ ।

Post Your Comment