समिट माइक्रोफाइनान्सको २६ हजार ५४९ कित्ता सेयर लिलामीमा, बजार भाउ कति ?

20 Nov,2017
  • Summit-microfinance-dev_11_20_2017_10_54_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : समिट माइक्रोफाइनान्सको सोमबारदेखि (मंसिर ४ गते) २६ हजार ५४९ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले संस्थापक समूहको २२ हजार ४६७ कित्ता र सर्वसाधारण समूहको ४ हजार ८२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र फारम भर्नुपर्नेछ । आवेदन दिने अन्तिम म्याद मंसिर ११ गते तोकिएको छ । यसअघि समिटले भदौ २९ देखि कात्तिक १ गतेसम्म ७ लाख २५ हजार कित्ता (१००%) सेयर बिक्री खुला गरेको हो । त्यस  समयभित्र आवश्यकता अनुसार हकप्रद नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो । आइतबारको क्लोजिङ अनुसार समिटको बजार मूल्य १७ सय ६ रुपैयाँ रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नारायणचौर नक्साल काठमाडौं तथा सानिमा बैंकको शाखा कार्याहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर सुर्खेत, धनगढी, नारायणगढ र बिर्तामोड शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । कम्पनीले यो पुँजीको ३४.४८% बोनस सेयर र १०.५२% नगद लाभांश दिने घोषणा पनि गरेको छ । हकप्रद, बोनस र लिलामीपछि भने यसको चुक्ता पुँजी १६ करोड ९९ लाख ९८ हजार रुपैयाँ पुग्नेछ । 
 
 
 

Post Your Comment