समिटको २६ हजार ५४९ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

27 Nov,2017
  • Summit-microfinance-development-bank-Ltd_11_27_2017_11_23_35.jpg
नेपाली पैसा
 
काठमाडौं : समिट माइक्रोफाइनान्सको २६ हजार ५४९ कित्ता सेयर लिलामी भर्ने सोमबार ( मंसिर ११ गते) अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर ४ गतेदेखि संस्थापक समूहको २२ हजार ४६७ कित्ता र सर्वसाधारण समूहको ४ हजार ८२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र फारम भर्नुपर्नेछ । यसअघि समिटले भदौ २९ देखि कात्तिक १ गतेसम्म ७ लाख २५ हजार कित्ता (१००%) सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो । समिटको आइतबारको क्लोजिङ मूल्य १७ सय ५० रुपैयाँ रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नारायणचौर नक्साल काठमाडौं तथा सानिमा बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर सुर्खेत, धनगढी, नारायणगढ र विर्तामोड शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । कम्पनीले यो पुँजीको ३४.४८% बोनस सेयर र १०.५२% नगद लाभांश दिने घोषणा पनि गरेको छ । हकप्रद, बोनस र लिलामीपछि भने यसको चुक्ता पुँजी १६ करोड ९९ लाख ९८ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment