समिट माइक्रोफाइनान्सले दिन थाल्यो लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा

10 Dec,2017
  • Summit-microfinance-development-bank-Ltd_12_10_2017_4_21_06.jpg
नेपाली पैसा
 
काठमाडौं : समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आज (मंसिर २४ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । कम्पनीले आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिदिने जनाएको छ । समिटले मंसिर ४ गतेदेखि ११ गतेसम्म संस्थापक समूहको २२ हजार ४६७ कित्ता र सर्वसाधारण समूहको ४ हजार ८२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । लिलामी सेयर बुधबार (मंसिर २० गते) बाँडफाँट गरिएको हो । यो लिलामीमा सानिमा क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको हो । हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । कम्पनीले यो पुँजीको ३४.४८% बोनस सेयर र १०.५२% नगद लाभांश दिने घोषणा पनि गरेको छ । हकप्रद, बोनस र लिलामीपछि भने यसको चुक्ता पुँजी १६ करोड ९९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८२ लाख ५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३२ पैसा रहेको समिटको प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ १८ पैसा छ ।

Post Your Comment