Market Closed

समिट माइक्रोफाइनान्सको नाफामा ३१.८०% गिरावट, जगेडा कोषमा कति ?

13 Feb,2018
  • Summit-microfinance-developme_2_13_2018_3_43_08.jpg
नेपाली पैसा
 
काठमाडौं : समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७२ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा खुद नाफा ३१.८०% ले घटेको हो । गत वर्षको यही बेला समिटको खुद नाफा २ करोड ५२ लाख ६४ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ९.१५% ले घटेको छ । गत वर्ष ५ करोड ७५ लाख २७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी आवको दोस्रो त्रैमासमा आइपुग्दा ५ करोड २२ लाख ६१ हजार रुपैयाँ मात्र छ । यस्तै, सञ्चाल नाफामा पनि गिरावट आएको छ ।

यो त्रैमासमा २ करोड ७० लाख ७५ हजार सञ्चालन नाफा आर्जन गरेको बैंकले गत आवको सोही अवधिमा ३ करोड ९७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीले ८६ करोड ३४ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यसको खराब कर्जा ०.३३% र कस्ट अफ फन्ड १०.०२% छ । यता, समिटको चुक्ता पुँजी भने बढेको छ । गत वर्ष ७ करोड २५ लाख रुपैयाँ रहेको चुक्ता पुँजी अहिले १७ करोड रुपैयाँ पुगेको छ । यसको जगेडा कोषमा ५ करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४० पैसा छ । 
 
 
 
 

Post Your Comment