Market Closed

समिट माइक्रोफाइनान्सको खुद नाफा २५.०८% घट्यो, प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७० पैसा

11 May,2018
  • Summit-microfinance-deve_5_11_2018_2_31_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ८५ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा २५.०८% ले थोरै हो । गत वर्ष समिटले ३ करोड ८१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी ७.४१% र सञ्चालन नाफा २५.०८% ले घटेको छ ।

गत वर्ष ८ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यो त्रैमासमा ८ करोड १९ लाख १२ हजार रुपैयाँ मात्र छ । सञ्चालन नाफा पनि ५ करोड ९८ लाख रुपैयाँबाट घटेर ४ करोड ४८ लाख ५८ हजार रुपैयाँमा खुम्चिएको छ । निक्षेप ५८ करोड ४३ लाख ९ हजार रुपैयाँ गरेको समिटले १ अर्ब ४९ करोड ६४ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको देखिन्छ ।

चुक्ता पुँजी १७ करोड रहेको यस कम्पनीको जगेडा कोषमा ७ करोड ९८ लाख ८८ हजार रुपैयाँ छ । खराब कर्जा ०.३६% बाट बढेर ०.४१% भएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७० पैसा रहेको समिटको प्रतिसेयर नेटवर्थ भने १४६ रुपैयाँ ९९ पैसा छ । 
 
 
 
 
 
 
 

Post Your Comment