Market Closed

स्पर्श लघुवित्तको आइपीओमा ८३ करोड २७ लाखको पर्यो आवेदन, ३ लाखभन्दा बढीले भरे

13 Mar,2019
  • ipo_3_13_2019_5_46_53.jpg
नेपाली पैसा
 
काठमाडौं : स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपीओमा ८३ लाख २७ हजार ६३० कित्ताका लागि आवेदन परेको छ । आइपीओ भर्ने अन्तिम दिन बुधबार सम्ममा ३ लाख ३ हजार ४४ जनाले ८३ करोड २७ लाख ६३ हजार रुपैयाँ बराबरको आइपीओ भरेका हुन् ।

माग भन्दा निकै बढी आवेदन परेकाले सेयर पाउन भाग्यमै भर पर्नुपर्ने भएको छ । लक्की ड्र मार्फत सेयर बाँडफाँट हुनेछ । कम्पनीले गत आइतबार (फागुन २६ गते) देखि २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । 
 
स्पर्शले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारीलाई र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
 
 बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्तासम्म यो आइपीओ भर्न पाउने व्यवस्था थियो । 
 
स्पर्शले आइपीओ बिक्रीबाट आउने रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्ने भएको छ । यस्तै, खुद्रा व्यापार तथा सेवा कर्जामा ४० लाख र साना तथा घरेलु उद्योग कर्जामा २९ लाख ६३ हजार रुपैयाँ उपयोग गर्नेछ । यस लघुवित्तले आइपीओ बिक्री गरी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउनेछ ।
 
चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्पर्शले ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ४२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ । यस्तै, आगामी आर्थिक वर्षमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाउने योजना बनाएको देखिन्छ ।
 
यता, प्रतिसेयर आम्दानी यस आवमा १५ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८६ पैसा पुग्ने अनुमान गरिएको छ । आव २०७६–७७ मा भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा र नेटवर्थ ११४ रुपैयाँ २३ पैसा पुग्नेछ ।

Post Your Comment