Market Closed

सिनर्जी पावर आइपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड, २१ लाख कित्ता आउँदै

26 Oct,2016
  • ipos_10_26_2016_2_21_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति लिन नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
 
सिनर्जीले कुल २१ लाख कित्ता साधारण सेयर बिक्री गर्न अनुमति मागेको हो । यस आधारमा सिनर्जीले २१ करोड रूपैयाँको आइपीओ निष्कासन गर्नेछ । 
 
धितोपत्र बोर्डबाट अनुमति पाउने बित्तिकै निष्कासन प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी दिएको छ ।  
 
सिनर्जीमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्दैछ । कम्पनीले दोलखाका स्थानीय बासिन्दालाई यसअघि नै सेयर बिक्री गरिसकेको छ । 
 
कम्पनीले दोलाखामा १० मेगावटको हाइड्रोपावर परियोजना तयार पार्दैछ । 

Post Your Comment