Market Closed

सिनर्जी पावरको आइपीओ पुस ८ देखि बिक्री खुला, सानिमा बैंकका शाखाहरूमा भर्न पाइन्छ सेयर

15 Dec,2016
  • ipos_12_15_2016_11_16_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले पुस ८ गतदेखि आइपीओ निष्कासन खुला गर्ने भएको छ । 
 
कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको २१ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये तीन प्रतिशत सेयर भने कर्मचारीका लागि छुट्याइएको छ । जस अनुसार कर्मचारीले ६३ हजार कित्ता पाउनेछन् । 
 
त्यस्तै, सामूहिक लगानी कोषहरूले पाँच प्रतिशत सेयर पाउनेछन् । सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिन पाइनेछ भने अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 
 
यो आइपीओ पुस १२ गते बिक्री बन्द हुनेछ । १२ गतेसम्म आवश्यकता अनुसार आवेदन नपरेमा भने पुस २२ गतेसम्म भर्न पाइनेछ । सिनर्जीको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्दैछ । 
 
कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रूपैयाँ छ । स्थानीय बासिन्दाका लागि छुट्याइएको सात करोड रूपैयाँको सेयर बाँडिसकिएको छ । बाँकी सेयर अहिले सर्वसाधारणमा बिक्री गर्न लागिएको हो । 
 
सर्वसाधरणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रूपैयाँ पुग्नेछ । यो कम्पनीले इक्राबाट ग्रेड ४ प्रमाणपत्र पाएको छ । 
 
लगानीकर्ताले सिनर्जी पावर लिमिटेड नक्साल, सानिमा क्यापिटल नारायाणचौर काठमाडौंसहित सानिमा बैंकका सबै शाखा कार्यालयबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । सिनर्जी पावरमा भने चेक मात्र बुझ्ने व्यवस्था गरिएको छ । 

Post Your Comment