Market Closed

सिनर्जी पावरले आईपीओमा नपरेको पैसा फिर्ता दिन थाल्यो, यी १६ वटा बैंकको खातामै जान्छ पैसा

21 Feb,2017
  • Refund_2_21_2017_12_02_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर लिमिटेडले बुधबारदेखि आइपीओ नपरेको पैसा फिर्ता दिन थालेको छ । सिनर्जीको आइपीओ गत बिहीबार बाँडफाँट गरिएको थियो । सिनर्जीले बुधवारदेखि सेयर बाँडफाँटपत्र र पैसा दिन लागेको हो । पैसा फिर्ता लिन दरखास्त फारमको अर्धकट्टी र नागरिकताको फोटोकपी पेस गर्नुपर्नेछ । विभिन्न १६ वटा बैंक तथा वित्तीय संस्थामा खाता भएका व्यक्तिको सीधै बैंक खातामै पैसा जानेछ तर सेयर भर्दा यही बैंक तथा वित्तीय संस्थाको खाता नम्बर चाहिँ अनिवार्य उल्लेख गरेकै हुनुपर्नेछ । 
 
आईपीओमा नपरेको पैसा फिर्ता हुने बैंक तथा फाइनान्सको नाम यस प्रकार छ । 

 
सानिमा क्यापिटलबाटै फारम भर्नेले भने फागुन १० गते मंगलबार  बिहान ९ बजेदेखि दिउसो ४ बजेसम्म स्टार पार्टी भेन्यू नारायाणचौर नक्साल तथा बिहीबार बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म सोही स्थानबाट चेक फिर्ता गरिने भएको छ । यो दुई दिनभित्र चेक फिर्ता नलिनेलाई फागुन १२ गतेदेखि भने कार्यालयसमय भित्र सानिमा क्यापिटल लिमिटेडबाटै फिर्ता हुनेछ । 
सिनर्जीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र धेरै पाउनेले ६१६ कित्ता सम्म हात पारेका छन् । कुल एक लाख एक हजार ६५५ जना आवेदन बाँडफाँड सुचीमा परेकामा ७१ हजार ४८९ जनाले मात्र सेयर पाएका थिए । 
 
सिनर्जीले पुस ८ गते देखि १२ गते सम्म आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय अंकित दरका २१ करोड रुपैयाँ बराबर मूल्यको २१ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमा कम्पनीले ६३ हजार कित्ता सेयर कर्मचारीलाई दिइएको छ, भने एक लाख पाँच हजार कित्ता सेयर सामुहिक लगानी कोषले पाएका छन् । बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिएको थियो । सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम २१ ह्जार कित्तासम्म आवेदन दिने व्यवस्था गरिएको थियो । कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुत्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment