Market Closed

सिनर्जी पावरले मंसिर १६ गते बोलायो साधारण सभा, यस्ता छन् एजेन्डा

24 Nov,2017
  • agm_11_24_2017_1_41_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको मंसिर १६ गते साधारण सभा बस्ने भएको छ । सभा बिहान ११ बजे लैनचौर ब्यांकेट काठमाडौंमा सुरु हुनेछ । सिनर्जीले यसपटक लगानीकर्तालाई कुनै पनि लाभांश दिने छैन । कात्तिक ३० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् । सभा प्रयोजनका लागि सिनर्जीले मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज गरेको छ । सञ्चालक समिति गठनका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारणतर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव साधारण सभामा पेस गरिने भएको छ । यस्तै, आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गरिने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ । सिनर्जीले गत पुस ८ देखि १२ गते सम्म आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय अंकित दरका २१ करोड रुपैयाँ बराबर मूल्यको २१ लाख कित्ता सेयर बिक्री गरेको हो। कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । सिनर्जी पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३९ लाख ३८ हजार ४१३ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ १३ पैसा छ । 
 
 
 
 
 

Post Your Comment