Market Closed

नारायाणी नेसनललाई एक्वायर गरेको सनराइजको ६१ लाख ७७ हजार कित्ता सेयर सूचीकरण

21 Sep,2016
  • sunrise_bank_resize_9_21_2016_1_43_59.jpg
नेपाली पैसा
काठमाडौं : सनराइज बैंकको ६१ लख ७७ हजार एक सय ९६.४१ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

सनराइजमा नारायाणी फाइनान्स विलय भएपछि सनराइजको नाममा नारायाणीको सेयर सूचीकरण गरिएको हो ।

सेयर स्वाप रेसियो अनुसार नायारणीको बाँकी सेयर सनराइजको नाममा सूचीकरण भएको नेप्सेले जानकारी दिएको छ ।

नरायाणी नेसनल फाइनान्सलाई विलय गराएपछि सनराइज बैंकको वित्तीय अवस्था थप मजबुत बन्दै गएको छ ।

बैंकले लगानीकर्तालाई ३३.३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३० देखि ३५ प्रतिशतसम्म हकप्रद जारी गर्ने तयारी पनि सनराइजले गरेको छ ।

राष्ट्र बैंकले २०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरूलाई चुक्ता पुँजी आठ अर्ब पुर्याउन निर्देशन दिएपछि बोनस, हकप्रद, मर्ज तथा एक्विजिसनको माहोल चुलिएको हो ।


Post Your Comment