Market Closed

सनराइजले नारायणी नेसनलका सेयरधनीलाई सेयर डिम्याट गर्न बोलायो, सिभिल क्यापिटलमा सम्पर्क गर्नुपर्ने

23 Sep,2016
  • sunrise-bank_9_23_2016_12_17_18.jpg
नेपाली पैसा 
काठमाडौं : सनराइज बैंकले नारायणी नेसनल फाइनान्सका लगानीकर्तालाई भौतिक सेयर प्रमाणपत्रलाई डिम्याटमा रुपान्तरित गर्न सूचना जारी गरेको छ । 
 
नारायणी नेसनल सनराइजमा गाभिएपछि नारायणीका लगानीकर्ताले एक सय कित्ता बराबर सनराइजको ७७ कित्ता सेयर पाउने भएका छन् । 
 
नारायणीको सेयर सनराइजको नामबाट डिम्याटमा वितरण गर्न बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडमा तुरुन्त सम्पर्क गर्न बैंक लगानीकर्तालाई आग्रह गरेको छ । 
 
नारायणीका सेयरधनीले सनराइजको डिम्याट सेयर पाउन सिभिल क्यापिटलबाट डिम्याट फारम तथा हालसम्म वितरित सम्पूर्ण सक्कल सेयर प्रमाणपत्रहरू र डिम्याट खाता खोल्दा लिएको पत्र पेस सँगै पेस गर्नुपर्नेछ । 
 
सनराइजले नारायणी नेसनललाई गाभेर असार ३० बाट एकीकृत कारोबार पनि सुरू गरिसकेको छ । 
 
सनराइजले लगानीकर्तालाई ३३.३३ प्रतिशत बोनस सेयर दिने र त्यसपछि कायम हुने पुँजीमा ३० देखि ३५ प्रतिशतसम्म हकप्रद जारी गर्ने निर्णय गरिसकेको छ ।