Market Closed

सनराइज बैंकको खुद नाफा ९.८१% सुधार हुँदा पनि प्रतिसेयर आम्दानी यसरी घट्यो

23 Apr,2018
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९४ करोड २१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिको तुलनामा खुद नाफा ९.८१% ले वृद्धि गर्न सनराइज सफल भएको हो । यसको खुद ब्याज आम्दानीमा पनि १८.९९% ले वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी १ अर्ब ९२ करोड ५ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
 
सनराइजको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत वर्षको तुलनामा सञ्चालन नाफा १.१८% ले घटेर १ अर्ब १८ करोड ४ लाख ३३ हजारमा सीमित भएको छ । यो बैंकलाई नाफा वृद्धि गर्न राइट ब्याकले पनि साथ दिएको छ । यो त्रैमाससम्म ४१ करोड ५४ लाख ८३ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ ।
 
यता, निक्षेप संकलन ५८ अर्ब ६ करोड रुपैयाँबाट बढेर ६५ अर्ब १४ करोड ७७ लाख १६ हजार रुपैयाँ पुगेको छ । यस बैंकको कर्जा लगानी पनि विस्तार भएको छ । गत वर्ष ५० अर्ब ८६ करोड ६१ लाख ४ हजार रुपैयाँ रहेको कर्जा लगानी विस्तार गरी ५७ अर्ब ९४ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुर्याएको हो ।
 
खराब कर्जामा सामान्य सुधार भए पनि कस्ट अफ फन्ड बढेको छ । खराब कर्जा १.५०% बाट १.४५% मा झरेको छ । कस्ट अफ फन्ड भने गत वर्ष ५.२२% रहेकामा यसपालि ७.४०% पुगेको छ ।
 
सनराइज बैंकले चुक्ता पुँजी ४९.५०% ले वृद्धि गरी ८ अर्ब १५ करोड २५ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा २ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ जम्मा भएको छ । भारी मात्रामा पुँजी वृद्धि हुँदा प्रतिसेयर नेटवर्थ भने घटेको छ ।
 
यो त्रैमासमा सनराइजको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ११ पैसा छ । जबकी गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा थियो ।

सनराइज बैंकको पूर्ण वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment