Market Closed

सनराइज बैंकले एकैसाथ खोल्यो ६ वटा प्रादेशिक कार्यालय

11 Jan,2019
  • Press_release_1_1_11_2019_4_37_25.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले देशका ६ वटा प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय इटहरी, २ को लाहान, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा प्रादेशिक कार्यालयहरु स्थापना गरेको जनाएको छ ।
 
प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासनका साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्नेछ । प्रादेशिक कार्यालयहरुको सामुहिक उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड तथा सञ्चालकहरु ई. बच्छराज तातेड, ज्योति कुमार बेगानी, ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका छन् ।
 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Post Your Comment