Market Closed

सनराइज बैंकले ब्रोकरको काम गर्ने, ११.५% नगद लाभांश पारित गर्न आइतबार एजीएम

12 Jan,2019
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले आइतबार (पुस २९ गते ) साधारण सभा बोलाएको छ । बैंकले सहायक कम्पनी खोलेर सेयर ब्रोकरेज सम्बन्धी कार्य गर्ने व्यवस्था राखेर प्रबन्धपत्र सशोधन गर्ने विषेश प्रस्ताव सभामा लैजाने भएको छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ को वितरण योग्य नाफाबाट सेयरधनीलाई ११.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ। 
 
बैंकले ९३ करोड ७५ लाख ४३ हजार ९२२ रुपैयाँ नगद लाभांशका लागि छुट्याएको छ । साधारण सभामा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको ६३ लाख १८ हजार ६९४ रुपैयाँ अनुमोदन गर्ने पनि प्रस्ताव लैजाने जनाएको छ ।
 
बैंकले अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे साधारण सभा गर्नेछ । पुस ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त नगद लाभांश पाउने छन् । 
 
हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको छ । चालु आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ २६ पैसा छ ।

सनराइज बैंकको साधारण सभा सम्बन्धी एजेन्डा हेर्न यो लिंक क्लिक गर्नुहोस् ।

Post Your Comment