सनराइज बैंकले ललितपुरको ठेंचोमा खोल्यो नयाँ शाखा

01 Apr,2019
  • IMG_9842_4_1_2019_2_09_53.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकले ललितपुरस्थित ठेंचोमा शाखा विस्तार गरेको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । ठेंचोसँगै बैंकको कुल शाखा संख्या १०४ वटा पुगेको छ । 
 
बैंकले देशभर २८ वटा शाखारहित बैंकिङ, ४ वटा एक्सटेन्सन काउन्टर र ११९ वटा एटीएममार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Post Your Comment