Market Closed

सनराइज बैंकमा निरज श्रेष्ठले सीइओको जिम्मेवारी लिने मिति यसकारण धकेलियो पर

18 Jun,2019
  • SRBL_Niraj_6_7_2019_11_52_41.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त भएका निरज कुमार श्रेष्ठको कार्यभार सम्हाल्ने मिति पर सरेको छ । असार २ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि सीइओ भएका श्रेष्ठले विशेष परिस्थितिका कारण मिति पर सार्न अनुरोध गरेको बैंकले जनाएको छ । 
 
श्रेष्ठको अनुरोधपछि अब नायव सीइओ आशा राणा अधिकारीले निमिक्त सीइओको जिम्मेवारी सम्हाल्ने भएकी छिन् । उनको कार्यकाल सीइओ श्रेष्ठले कार्यभार नसम्हाल्दासम्म रहने बैंकले जनाएको छ । बैंकको सञ्चालक समितिमा विवादका कारण उनको म्याद धकेलिएको हो ।

सञ्चालक समितिको विवाद साम्य नभएमा उनी सीइओ बन्न नसक्ने सम्मको सम्भावना रहेको बैंक स्रोतको भनाई छ । बैंकका सञ्चालक शैलेन्द्र गुरागाईं लगायतले विरोध गरेपछि उनको म्याद पर सरेको हो । अब सञ्चालक समितिको विवाद साम्य भई उनी सर्वसम्मत हुन सकेमात्र सीइओ बन्ने सम्भावना रहने देखिएको छ । सनराइजमा मोतिलाल दुगड अध्यक्ष छन् । 

Post Your Comment