सनराइज बैंकको डीजीएममा आरती राणा नियुक्त

17 Oct,2019
  • best_2_8_2018_3_13_53_10_17_2019_1_12_29.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज बैंकको नायव महाप्रबन्धक (डीजीएम) पदमा आरती राणा नियुक्त भएकी छिन् । राणा ग्लोबल आइएमई बैंकबाट सनराइज बैंक गएकी हुन् । उनी ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक (एजीएम) पदमा कार्यरत थिइन् ।
 
सनराइजमा राणाको एक पद बढुवा भएको छ । उनले ग्लोबलमा १२ बर्ष बिताएकी थिइन् । राणालाई ग्लोबल आइएमई बैंकले बुधबार विदाई समेत गरेको छ । ग्लोबल आइएमईका पूर्व प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल सनराइज बैंकमा प्रमुख कार्यकारी भएपछि उच्च पदमा राणालाई लगिएको हो । 

Post Your Comment