Market Closed

जनसेवी र स्वाभिमानको आइपीओमा कति पर्यो आवेदन ? यस्तो आयो तथ्यांक

15 May,2019
  • ipo_news_4_23_2019_6_02_15.jpg
नेपाली पैसा
 
काठमाडौं : जनसेवी लघुवित्त र स्वाभिमान माइक्रोफाइनान्सको आइपीओमा अत्याधिक आवेदन परेको छ । पछिल्लो तथ्यांक अनुसार जनसेवी लघुवित्तको आइपीओमा माग भन्दा १४.२७ गुणा र स्वाभिमानको आइपीओमा ३२.५७ गुणा बढी आवेदन परेको छ । यी दुवै कम्पनीको आइपीओमा आवेदन दिने म्याद मंगलबार सकिएको हो । 
 
जनसेवी लघुवित्त वित्तीय संस्थाको आइपीओमा ६१ करोड ८१ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३ लाख ३८ हजार ३७ जनाले ६१ लाख ८१ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् । 
 
जनसेवीले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
 
यता, स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओमा पनि ६० करोड ४५ लाख ५५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २ लाख ६४ हजार २८६ जनाले ६० लाख ४५ हजार ५५० कित्ताका लागि आवेदन दिएका हुन् । 
 
स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयरमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

Post Your Comment