Market Closed

स्वावलम्बनले यसरी निकाल्यो आकर्षक प्रतिसेयर आम्दानी र रिजर्भ कोष

16 Nov,2017
  • Swabalamban-bikas-bank-Ltd__11_16_2017_10_28_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वावलम्बन विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ७३ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा रकम गत वर्षको त्रैमासको भन्दा ९.९२ प्रतिशतले धेरै हो । गत वर्ष स्वावलम्बनले ७ करोड ३ लाख ३० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद नाफा बढेको कम्पनीको खुद ब्याज आम्दानी भने ५.९६ प्रतिशतले घटेर २१ करोड ५९ लाख ३२ हजार रुपैयाँमा झरेको छ । गत वर्ष स्वावलम्बनले २२ करोड ९६ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप ३ अर्बबाट वृद्धि गरेर ४ अर्ब ६० करोड ४८ लाख ३ हजार रुपैयाँ पुर्याएको स्ववलम्बनले ८ अर्ब २४ करोड ९२ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ३४.११ प्रतिशतले वृद्धि गरेर ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँ पुर्याएको स्वावलम्बनको रिजर्भ कोषमा भने ८० करोड ३५ लाख ४५ हजार रुपैयाँ छ । यो रजर्भ कोषलाई राम्रो मान्न सकिन्छ । कम्पनीले गत वर्षको कमाईबाट २०% बोनस सेयर र ११.५८% नगद लाभांश दिने घोषणा गरिसकेको छ । लाभांश प्रस्ताव पारित गर्न स्वावलम्बनको मंसिर १५ सभा हुँदैछ । गत वर्ष कम्पनीको चुक्ता पुँजी ३१ करोड २३ लाख ८० हजार रुपैयाँ थियो । कम्पनीले प्रोभिजनमा ८१ लाख ६२ हजार रुपैयाँ राखेको छ । स्वाबलम्बनको खराब कर्जा ०.८८% रहेको छ । गत वर्ष खराब कर्जा ०.८७% थियो । प्रतिसेयर आम्दानी ७३ रुपैयाँ ८१ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने २९२ रुपैयाँ छ । 
 

Post Your Comment