Market Closed

स्वावलम्बनले ११.५७% नगद लाभांश डिम्याट खातामै पठायो, नपाउनेले अब के गर्ने ?

08 Jan,2018
  • Swabalamban-bikas-ban_1_8_2018_2_47_45.jpg
  नेपाली पैसा 
 
काठमाडौं : स्वावलम्बन लघुवित्त विकास बैंकले ११.५७% नगद लाभांश सम्बन्धित सेयरधनीको डिम्याट खातामै जम्मा गरिदिएको जानकारी दिएको छ । कम्पनीले कात्तिक २७ गतेसम्म डिम्याट खाता अद्यावधिक गराएका सेयरधनीहरुको नगद लाभांश खातामा जम्मा गरिदिएको हो । त्यस्तै, कात्तिक २८ गतेदेखि बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरुको पनि डिम्याट खातामा नै नगद लाभांश जम्मा गरिदिने कम्पनीले जनाएको छ । हालसम्म पनि सेयर प्रमाणपत्र अभौतिकरण नगरेका सेयरधनीले भने आफूले डिम्याट खाता खोलेको बैंंक तथा अन्य कुनै कम्पनीमा सम्पर्क गरी खाता अद्यावधिक गर्नुपर्नेछ । अनिमात्र कम्पनीले नगद लाभांश खातामा राखिदिनेछ । यता, कात्तिक २७ गतेसम्म डिम्याट खाता अद्यावधिक गरेर पनि बैंक खाताको विवरण नमिलेका कारण नगद लाभांश प्राप्त नगरेका सेयरधनीहरुको विवरण कम्पनीको सेयर रजिष्ट्रार एनआइबीएल क्यापिटलको वेवसाइटमा राखिएको छ । वेवसाइटमा विवरण राखिएका सेयरधनीले अब नगद लाभांश पाउन आफ्नो नमिलेको खाताको विवरण सच्याउनुपर्नेछ । अनिमात्र नगद लाभांश सम्बन्धित व्यक्तिको खातामा आउनेछ । कात्तिक २७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको नगद लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत लिई त्यसको जानकारी बिक्री प्रबन्धकलाई गराएपछि मात्र सेयरधनीको खातामा जम्मा गरिनेछ । त्यस्तै, कात्तिक २७ भन्दा पछि कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा लाभांश जम्मा गरिनेछ । कम्पनीको मंसिर १५ गते सम्पन्न साधारण सभाले २०% बोनस सेयर ११.५८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । 
 
 
 
 
 

Post Your Comment