Market Closed

स्वावलम्बनको ३ लाख कित्ता सेयर बुधबारदेखि आउने भयो लिलामीमा, न्यूनतम भाउ कति ?

01 May,2018
  • Swabalamban-bikas-ban_5_1_2018_4_11_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकोे सेयर बुधबार (वैशाख १९ गते) देखि लिलामीमा बेच्ने भएको छ । स्वावलम्बनको संस्थापक समूहको ३ लाख २ हजार ४१६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । यो सेयरको न्यूनतम मूल्य ७२८ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम ७२८ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ बोलकबोल गरी आवेदन दिनुपर्नेछ । जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ । आवेदन फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा पाइनेछ ।

न्यूनतम १०० कितादेखि अधिकतम ३ लाख २ हजार ४१६ कित्तासम्म आवेदन दिन पाइने व्यवस्था छ । सर्वसाधारण लगानीकर्ताले बोलपत्र भर्न सक्नेछन् । लगानीकर्ताले आवेदन फारममा डिम्याट खाता नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ । 
 
 
 
 
 

Post Your Comment