Market Closed

स्वावलम्बन लघुवित्तको ३ लाख कित्ता सेयर लिलामी खुला, न्यूनतम भाउ ७२८ रुपैयाँ

02 May,2018
  • Swabalamban-bikas-bank-Ltd_5_2_2018_11_22_56.jpg
नेपाली पैसा
 
काठमाडौं : महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर बुधबार (वैशाख १९ गते) देखि लिलामी बिक्री खुला गरेको छ । स्वावलम्बनको संस्थापक समूहको ३ लाख २ हजार ४१६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिएको हो । यो सेयरको न्यूनतम मूल्य ७२८ रुपैयाँ तोकिएको छ ।
 
लगानीकर्ताले न्यूनतम ७२८ रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ बोलकबोल गरी आवेदन दिनुपर्नेछ । जेठ २ गतेसम्म आवेदन दिन पाइनेछ । आवेदन फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा पाइनेछ ।
 
न्यूनतम १०० कितादेखि अधिकतम ३ लाख २ हजार ४१६ कित्तासम्म आवेदन दिन पाइने व्यवस्था छ । सर्वसाधारण लगानीकर्ताले पनि बोलपत्र भर्न सक्नेछन् । लगानीकर्ताले आवेदन फारममा डिम्याट खाता नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।

Post Your Comment