Market Closed

स्वावलम्बन लघुवित्तको खुद नाफा १५.०५% बढ्यो, रिजर्भ कोष पनि मजबुद बन्दै

10 May,2018
  • Swabalamban-bikas-bank-Ltd_5_10_2018_10_22_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २३ करोड ५९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा १५.०५% धेरै हो । गत वर्ष २० करोड ५० लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानीमा भने १२.७२% को गिरावट आएको छ ।

गत वर्ष ७१ करोड ६७ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा यो त्रैमासमा ६२ करोड ५४ लाख ९७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी भएको हो । सञ्चालन नाफा भने ३२ करोडबाट बढाएर ३६ करोड ८९ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ । निक्षेप संकलन ३ अर्बबाट बढाएर ५ अर्ब ३५ करोड १२ लाख ४७ हजार रुपैयाँ पुर्याएको यस कम्पनीले ९ अर्ब ५४ करोड ९९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ७ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी थियो । सम्भावित जोखिमका लागि ५ करोड २२ लाख ९८ हजार रुपैयाँ छुट्याएको यो कम्पनीले ५ लाख ४७ हजार रुपैयाँ राइट पनि गरेको छ । 
चुक्ता पुँजी ५० करोड ३१ लाख रुपैयाँ रहेको स्वावलम्बनको रिजर्भ कोषमा ८१ करोड ५५ लाख १६ हजार रुपैयाँ छ ।

चुक्ता पुँजीको आधारमा रिजर्भ कोषमा रहेको रकमलाई आकर्षित मान्न सकिन्छ । गत वर्ष चुक्ता पुँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँ र रिजर्भ कोषमा ६७ करोड ६१ लाख ५४ हजार रुपैयाँ थियो । यता, खराब कर्जा भने ०.७२% बाट बढेर १.०२% भएको छ । प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ५३ पैसा रहेको स्वावलम्बनको प्रतिसेयर नेटवर्थ भने २६२ रुपैयाँ ०९ पैसा छ । 
 
 
 

Post Your Comment