Market Closed

स्वावलम्बन लघुवित्तले डिम्याट खातामा जम्मा गर्यो २०% बोनस

10 Jul,2018
  • Swadeshi-Laghubitta-Bittiya-Sanstha_7_10_2018_11_36_15.jpg
नेपाली पैसा
 
काठमाडौं : स्वावलम्बन लघुवित्त विकास बैंकले २०% बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत कात्तिक २७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो । हालसम्म सेयर डिम्याट गराउन बाँकी रहेका सेयरधनीले भने डिम्याट गराएपछि मात्र खातामा बोनस पाउनेछन् ।
 
स्वावलम्बनले डिम्याट गर्न बाँकी सेयरधनीलाई सेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका लगनखेल, लालदरबार, पोखरा, वीरगञ्ज, विराटनगर र बुटवल शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । यसैगरी, सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र बोनस सेयर जम्मा गरिने स्वावलम्बनले जनाएको छ ।
 
यस लघुवित्तले गत मंसिर १५ गतेको वार्षिक साधारण सभाबाट २०% बोनस सेयर र ११.५८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । हाल स्वावलम्बनको चुक्ता पुँजी ५० करोड ३१ लाख ११ हजार रुपैयाँ रहेको छ ।

Post Your Comment