Market Closed

सिनर्जी फाइनान्स : कम्पनी विश्लेषण (बुधवार, ३ कात्तिक २०७३)

19 Oct,2016
  • synergy_finance_resize_10_19_2016_12_26_14.png

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले रू. ३ करोड ८८ लाख नाफा कमाएको छ । पछिल्लो समयमा रहेको रू. १२ करोड १६ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभर सोल्ड जोन (२० स्केल)मा छ । विक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन : ३ दशमलव ८४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा, टेण्ड लाइन र ७ दिने औसत मूल्यरेखाभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ सय  ६५ मा टेवा पाउने र मूल्य महँगिएमा रू. १ सय ८० मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- कम्पनीको चोथौ त्रैमासमा खुद नाफा १८ दशमलव ९१ प्रतिशत घटेर रू. ३ करोड ८८ लाखमा सीमित भएको छ । खुद ब्याज आम्दानी १४ दशमलव १६ प्रतिशत घट्नाले खुद नाफा घट्न पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा १० प्रतिशतबाट ८ प्रतिशतमा सीमित भएको छ ।

- ब्याज आम्दानी २० दशमलव १७ प्रतिशत र ब्याज खर्च १६ दशमलव ८१ प्रतिशत घटेको छ ।

- कर्मचारी खर्च १२ दशमलव ८४ प्रतिशत, अन्य सञ्चालन खर्च ९ दशमलव १७ प्रतिशत र कुल सञ्चालन आम्दानी २ प्रतिशत बढेको छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ७४ प्रतिशत बढाएर रू. ७ करोड ७४ लाख पु¥याएको छ ।

- स्थिर सम्पत्ति ७ दशमलव ८६ प्रतिशत घटेको छ भने अन्य सम्पत्ति २ गुणा बढेको छ ।

- निष्क्रिय कर्जा २८ प्रतिशत, पूँजीकोष लागत ७ दशमलव १९ प्रतिशत र पूँजी कोष पर्याप्तता १४ प्रतिशत रहेको छ ।

- कम्पनीकोे चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे ४७ गुणा, प्रतिशेयर आम्दानी रू. ७ दशमलव ७८ र मूल्य आम्दानी अनुपात साढे २१ गुणा छ । सो आम्दानी र शेयरमूल्यको पछिल्लो आधारमा निकालिएको पीई रेशियो साढे ७ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ३ गुणा छ ।

Post Your Comment