Market Closed

त्रिवेणीको यसरी गरियो हकप्रद सेयर बाँडफाँड, माघ ३ गतेदेखि नपरेको पैसा फिर्ता

11 Jan,2017
  • Triveni-Bikas-Bank_1_11_2017_1_37_03.jpg
नेपाली पैसा
 
काठमाडौ : त्रिवेणी विकाश बैंकको हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले मंगलबार हकप्रद सेयर बाँडफाँड गरेको हो । बैंकले एक सय रुपैयाँ मूल्यको ४१ लाख ७६.४२ कित्ता सेयर बिक्री खुला गरेको थियो । बैंकले असोज ३० गतेसम्म कायम रहेका सेयरधनीलाई दुई सेयर बराबर नयाँ एक सेयर (२ः१) अनुपातमा हकप्रद निस्कासन गरेको हो । सेयर बाँडफाँडमा नपरेकाले माघ ३ गतेदेखि पैसा फिर्ता पाउने भएका छन् । पैसा फिर्ता लिन जाँदा नागरिकताको फोटोकपी र दरखास्त फारमको अर्धकट्टी लैजानुपर्नेछ । 
 
 त्रिवेणीको बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । चुक्ता पुँजी ८२ करोड १५ हजार रुपैयाँ रहेको त्रिवेणीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड ९३ लाख सात हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ १६ पैसा (बार्षिकीकरण) रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ५४ रुपैयाँ १८ पैसा छ । 
 

Post Your Comment