Market Closed

सांग्रिला र टुरिजममा कुन अघि ? यस्तो छ तेस्रो त्रैमासिक रिपोर्ट

29 Apr,2018
  • qr_4_29_2018_1_32_49.jpg
नेपाली पैसा
 
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सांग्रिला र टुरिजम डेभलपमेन्ट बैंकले सन्तोषजनक रिपोर्ट सार्वजनिक गरेका छन् । यो त्रैमासमा सांग्रिलाले २५ करोड ६ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सांग्रिलाको नाफा रकम गत वर्षको भन्दा २.३६% धेरै हो । गत वर्ष सांग्रिलाले २४ करोड ४९ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो । सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ३५ करोड ५० लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
 
यता, टुरिजमले पनि ५.७२% खुद नाफा वृद्धि गरी २१ करोड २४ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यही अवधिमा टुरिजमले २० करोड ९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अहिले टुरिजमको चुक्ता पुँजी २ अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ रहेको छ । यो बैंक मेगा बैंकसँग मर्ज हुने प्रक्रियामा छ ।

Post Your Comment