Market Closed

जनताको जलविद्युत कार्यक्रम : आइपीओ अनुमति माग्ने त्रिशुली पहिलो कम्पनी, ३७ लाख कित्ता आउने

14 Mar,2019
  • ipo_omg_10_28_2018_12_43_07.jpg
नेपाली पैसा
 
काठमाडौं : त्रिशुली जलविद्युत कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशुलीको आइपीओ जारी हुन लागेको हो ।
 
त्रिशुलीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।
 
यी आयोजनाहरुबाट कुल १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई जारी हुनेछ । यस अन्तर्गत आइपीओ अनुमति माग्ने त्रिशुली पहिलो कम्पनी हो । यो आइपीओ २ किस्तामा भर्न सकिनेछ ।

पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिबद्धता गरेको रकमको १०% बुझाउनुपर्छ । दोस्रो किस्तामा आयोजना निर्माणको न्यूनतम ७५% भौतिक प्रगति हासिल भएपछि मात्रै प्रतिबद्धता अनुसारको बाँकी ९० रकम बुझाए हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणाकै बेला चैतमा पहिलो सेयर जारी हुने जनाएका थिए । सरकारले प्रदेश नं २ बाहेक अन्य ६ वटै प्रदेशमा आयोजना निर्माण गर्न प्रस्ताव गरेको छ । ६ वटा प्रदेश गरेर कुल ३ हजार ४७९ मेगावटको १९ अयोजना निर्माण हुनेछन् । सबैभन्दा धेरै प्रदेश १ मा ६ वटा आयोजना बन्ने भएका छन् ।

जनतालाई १ खर्बको आइपीओ, कुन–कुनको कति आउँदैछ ? (तथ्यांक हेर्नुहोस्)

Post Your Comment