Market Closed

तिनाउ र हाम्रो विकास बैैकको रिपोर्टलाई अब यसरी गर्नुहोस् मूल्यांकन

07 Nov,2017
  • report_11_7_2017_1_30_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : तिनाउ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख ७६ हजार रुपैयाँ कमाउदा हाम्रो विकास बैंकले पनि १ करोड ५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ । समग्रमा दुवै बैंकको खुद नाफा घटेको हो । गत वर्षको तुलनामा तिनाउको खुद नाफा १८.२७% र हाम्रोको ९.१३% ले घटेको हो । गएको वर्ष पहिलो त्रैमासमा तिनाउले १ करोड ९१ लाख ८१ हजार रुपैयाँ खुद नाफा गर्दा हाम्रोले १ करोड १० लाख ७७ हजार रुपैयाँ कमाएको थियो । यता, तिनाउको खुद ब्याज आम्दानी १६.४७% ले घट्दा हाम्रोको भने ७.४७% ले बढेको छ । यो त्रैमासमा तिनाउले ३ करोड १२ लाख ५७ हजार रुपैयाँ र हाम्रोले २ करोड ९ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् । हाम्रोले २७५% ले चुक्ता पुँजी बढाएर ४५ करोड ८७ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, तिनाउले भने ६८.७४% ले चुक्ता पुँजी बढाएर ४६ करोड ८ लाख ४९ हजार रुपैयाँ बनाएको छ ।

गत वर्ष प्रथम त्रैमासमा हाम्रोको चुक्ता पुँजी १२ करोड २३ लाख ३३ हजार रुपैयाँ मात्र थियो भने तिनाउको २७ करोड ३० लाख ९६ हजार रुपैयाँ थियो । हाम्रोको रिजर्भ कोषमा ८ करोड ७२ लाख ९९ हजार रुपैयाँ छ भने तिनाउको १६ करोड ४ लाख ४७ हजार रुपैयाँ छ । हाम्रो विकास बैंकले चुक्ता पुँजी वृद्धि गर्न जेठ ७ देखि असार ११ सम्म ३० लाख ५८ हजार ३३८.७५ (२००%) हकप्रद सेयर बिक्री गरेको थियो । चुक्ता पुँजी वृद्धिकै अभियानमा रहेको तिनाउले पनि गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५% नगद लाभांश दिने घोषणा गरिसकेको छ ।  तिनाउको खराब कर्जा अनुपात ०.३६% रहेको छ भने हाम्रोको ०.४४ % छ । प्रतिसेयर आम्दानी भने हाम्रोेको भन्दा तिनाउको ४ रुपैयाँ ८३ पैसाले धेरै छ । तिनाउको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६१ पैसा (वार्षिक) रहेको छ भने हाम्रोको ८ रुपैयाँ ७८ पैसा छ । गत वर्ष यही त्रैमासमा हाम्रोको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ २२ पैसा र तिनाउको २८ रुपैयाँ ०९ पैसा थियो । 
 
 
 
 
 

Post Your Comment