Market Closed

तिनाउ विकास बैंकको ३१ हजार ४९७ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

11 Jul,2017
  • Tinau-development-bank_7_11_2017_11_26_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : तिनाउ विकास बैंकले लिलामीमा बिक्री खुला गरेको सर्वसाधारण समूहको ३१ हजार ४९७.५१ कित्ता सेयर भर्ने आज (मंगलबार) अन्तिम दिन हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ राखेर निवेदन दिनुपर्नेछ । यसअघि तिनाउले वैशाख १९ देखि जेठ २२ गतेसम्म ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले सर्वसाधारण समूहमा बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो । तिनाउ विकास बैंकको केन्द्रीय कार्यालय बुटलव र सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।

बोलपत्र बुधबार बिहान ७ बजे सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंंमा खोलिनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको गरेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ३९ करोड ६६ लाख ६७ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछी भने बैंकको चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१.८८ रुपैयाँ पुग्नेछ । तेस्रो त्रैमासमा बैंकले ७ करोड ८० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तिनाउको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा छ । 
 
 
 
 

Post Your Comment